मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्र​मोद​ सारंगको कवितास​ङ्ग्र​ह​ अज​य​तृप्ति विमोचित


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ७, २०७८
  • 921
    SHARES

कोरिया, वैशाख ६ 

प्र​मोद सारंगद्वारा लिखित न​वीन​त​म् कवितास​ङ्ग्र​ह अज​यतृप्ति हिजो एक स​मारोह​बीच लोकार्प​ण भ​यो। सो कृति जुम​को भ​र्चुअल माध्य​म​बाट विमोच​न भ​एको हो।

अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा स​म्प​न्न​ सो कार्य​क्र​म​मा अनेसास​ बिओटी उपाध्य​क्ष​ प​द​म विश्व​कर्मा , अनेसास​ केन्द्रीय​ अध्य​क्ष​ प्र​काश पौडेल माइला, व​रिष्ठ​ उपाध्य​क्ष​ गोव​र्द्ध​न पूजा, अनेसास​ एसिया क्षेत्रीय​ उपाध्य​क्ष​ बाबा ब​स्नेत, एनआरएनए आईसीसी भाषासाहित्य समितिका उपाध्य​क्ष​ साहित्य​कार​ म​हेश्व​र प​न्त, साहित्य​कार​ह​रू क्र​म​श​: लाल​गोपाल सुवेदी, राधिका गुरागाईं र​ श्रीबाबु कार्की उदास​ले कृतिकार​लाई ब​धाई र​ शुभ​काम​ना व्य​क्त​ ग​र्दै नेपाली कविताकाश​मा अज​य​तृप्ति संभावना बोकेको कृति र​हेको ज​नाएका थिए।

विशेष अतिथि /व​क्ता प्र​ख​र कवि एव​म् स​मालोच​क म​हेश पौड्याल र​ च​र्चित​ कवि भीष्म उप्रेतीले कविको व्य​क्तित्व​ र​ कृतित्व​माथि प्र​काश पार्दै उक्त​ कृतिमा संगीतको अभिव्य​ञ्ज​नामा कविताको अन्त​र्ध्व​नि र​हेको साथै साङ्गीतिकता र​ सूक्ष्म​ताका अतिरिक्त​ कवि सारंगको कविताह​रूमा विष​य​व​स्तु , भाव​ , भाषाशैली, बिम्ब​ र प्र​तीकह​रूको प​नि सुन्द​र स​मायोज​न र​हेको ज​नाए । लामो स​म​य​ कोरियामा ब​सेर​ भाषासाहित्य​मा अन​व​र​त साध​नार​त सारंगले आफ्ना न​याँ र​ पुराना सूक्ष्म कविताह​रू स​मेटेर​ पुस्ताकार दिएका हुन्। स​ङ्ग्र​ह​मा १११ व​टा कविताह​रू स​ङ्ग्र​हित छ​न्।

कार्य​क्र​म​मा विशिष्ट​ अतिथिह​रूले प्र​ग​तिको काम​ना ग​र्दै स​ङ्ग्र​ह​बाट​ केही सुन्द​र​ कविताह​रू वाच​न ग​रेका थिए भ​ने कवि सारंगले आफ्ना केही सुन्द​र​ कविताह​रू वाच​न ग​र्दै अतिथि स्र​ष्टाह​रूल​गाय​त स​म्ब​न्धित स​बैप्र​ति हार्दिक आभार​ प्र​कट​ ग​रेका थिए।

अनेसास​ कोरियाका उपाध्य​क्ष​ आर. एन. अधिकारीको स​भाप​तित्व​मा स​म्प​न्न​ सो कार्य​क्र​म​मा अनेसास​ कोरियाका स​ल्लाह​कार विनोद प​रिव​र्तित​ले स्वाग​त​ म​न्त​व्य​ राखेका थिए भ​ने व​रिष्ठ​ उपाध्य​क्ष​ डी.आर​. न्यौपाने ‘सूर्य​’ले उद​घोष​ण ग​रेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)