बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

भारतमा एकैदिन तीन लाख कोरोना संक्रमित भेटिए


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 412
    SHARES

८ बैशाख, काठमाडौं । भारतमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएको छ । मंगलबार भारतमा झण्डैतीन लाख जना कोरोना संक्रमण पाइएको छ । भारतमा एकैदिन यति ठुलो संख्यामा नयाँ संक्रमित पाइएको यो पहिलो पटक हो ।

भारतमा मंगलबार २ लाख ९४ हजार ११५ जनामा संक्रमण पाइएको हो । कोरोना संक्रमण सुरु भएयता भारतमा एकैदिन यति ठुलो संख्यामा कोरोना संक्रमित पाइएको यो पहिलोपटक भएको जनाइएको छ ।

मंगलबार कोरोना संक्रमणका कारण दुई हजार २० जनाको मृत्यु भएको छ । यसअघि गत सेप्टेम्बरमा एकैदिन दुई हजार चारजनाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो ।
मंगलबार एक लाख ६६ हजार ५२० जना संक्रमणमुक्त भएको जनाइएको छ । संक्रमणमुक्त भएको यो संख्या पनि हालसम्मकै उच्च रहेको जनाइएको छ ।

११ राज्यमा चिन्ताजनक अवस्था
महाराष्ट्र, दिल्ली, उत्तर प्रदेशसमेत ११ राज्यमा अवस्था चिन्ताजनक रहेको छ । महाराष्ट्रमा २४ घण्टाभित्र ६२ हजार ९७, उत्तर प्रदेशमा २९ हजार ५७४, दिल्लीमा २८ हजार ३९५ जना संक्रमित पाइएका छन् ।
यस्तै, केरलामा १९ हजार ५७७, कर्नाटकमा २१ हजार ७९४, छत्तीसगढमा १५ हजार ६२५, राजस्थानमा १२ हजार २०१ जना संक्रमित पाइएका छन् ।

मध्य प्रदेशमा १२ हजार ७२७, गुजरातमा १२ हजार २०६, तमिलनाडूमा १० हजार ४५५ जना संक्रमित एकैदिन फेला परेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)