मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दै


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 611
    SHARES

८ बैशाख, काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत आज नेदरल्यान्ड्स र मलेसिया भिड्दैछन् । कीर्तिपुरस्थित टी-यू अन्तर्राष्ट्रिय मैदानमा खेल १२:१५ बजे सुरु हुनेछ ।

नेदरल्याण्ड्स र मलेसिया एक आपसमा खेल्नुअघि फरक परिस्थितिमा छ । पहिलो खेलमा नेपालसँग हारेको नेदरल्याण्ड्सले त्यसयता लगातार दुई खेल जित्दै ३ खेलबाट ४ अंक जोडिसकेको छ । मलेसिया लगातार हारपछि अंकविहिन छ ।

३ खेलबाट ४ अंक नै रहेको घरेलुटोली नेपाल राम्रो रनरेटको आधारमा शीर्ष स्थानमा छ।

मलेसियालाई पराजित गरेमा नेदरल्याण्ड्स फाइनल पुग्नेछ । यस नतिजाले नेपाल पनि अन्तिम लिग खेलअघि नै फाइनल पुग्नेछ।

मलेसिया यसअघि नेदरल्याण्ड्ससँग १५ रनले पराजित भएको थियो भने नेपालसँग ९ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)