आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेदरल्याण्ड र मलेसियाबीचको खेल बराबरीमा सकियो


  • माउन्टेन खबर
  • बुधबार, बैशाख ८, २०७८
  • 368
    SHARES

८ बैशाख, काठमाडौं । वर्षाले प्रभावित नेदरल्याण्ड्स र मलेसियाको टी-२० म्याच बराबरीमा सकिएको छ । यससँगै नेपाल र नेदरल्याण्ड्स त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा पुगेको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर व्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सले १०.२ ओभरमा ६८ रन बनाउँदा पानीले खेल रोकियो । पानी रोकिएपछि १३ ओभरमा छोट्याइएको खेलमा नेदरल्याड्सले ४ विकेट गुमाएर १०७ रन बनायो र डीएल मेडथका आधारमा मलेसियाले १२० रनको लक्ष्य पायो ।

नेदरल्याण्ड्सले दुई मुख्य खेलाडी म्याक्स ओ डोड र स्कट उडवार्ड्सलाई आराम दिएको थियो । २२ रन हुँदा ३ विकेट गुमाएको नेदरल्याण्ड्सका लागि बेन कुपर र कप्तान पिटर सिलारले ६८ रनको साझेदारी गरेका थिए ।

कुपरले ३२ बल खेल्दै ७ चौका र २ छक्का मद्दतमा अविजित ५४ रन बनाए । कप्तान सिलारले ३७ रन जोडे । एन्टोनिओस स्टाल १० रनमा अविजित रहे ।

मलेसियाका लागि मुहम्मद वाफिकले २ तथा पवनदिप सिंह र विरनदिप सिंहले १-१ विकेट लिए ।

१०८ रनको लक्ष्य पछ्याएको मलेसियाले ६ ओभरमा ५६ रन बनाउँदा वर्षा भयो र फेरि खेल रोकियो ।

बर्षा रोकिएपछि खेल १० ओभरमा छोट्याइयो र मलेसियाले ९२ रनको नयाँ लक्ष्य पायो ।

मलेसियालाई अन्तिम ६ बलमा ७ रन चाहिएको थियो । सुरुको चार बलमा मलेसियले ४ रन जोड्यो । तर पाँचौ बलमा नेदरल्याण्ड्सका भिनय किङ्ग्माले अमिनुद्दिन राम्लीलाई एलबीडब्लू धराापमा परेपछि जितका लागि अन्तिम बलमा २ रन चाहियो ।

तर मलेसियाले १ रन मात्र जोड्यो र स्कोर टाई भयो ।

नेदरल्याण्ड्सका लागि सेबास्टियन ब्राटले २ तथा बास डे लिड र भिभियन किंगमाले समान १ विकेट लिए ।

अब अन्तिम बलमा दुई रन चाहियो, तर मुनियान्डीले एक रन मात्र लिए र खेल बराबरीमा सकिएको छ ।

मलेसियाका लागि सायद अजिज र अनवर रहमानले पहिलो विकेटका लागि ५७ रनको साझेदारी गरे ।

यससँगै ४ खेलबाट ५ अंक जोडेको नेदरल्याण्ड फाइनलमा पुग्यो भने ४ अंक जोडेको घरेलु टोली नेपाल पनि अन्तिम खेल अघि नै अन्तिम दुईमा स्थान बनाउन सफल भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }