आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानचेस्टर प्रिमियर लिगको उपाधि नजिक


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 467
    SHARES

९ बैशाख, काठमाडौं। एस्टन भिल्लालाई हराउँदै म्यान्चेस्टर सिटी प्रिमियर लिगको उपाधि निकट पुगेको छ । बुधबार भएको खेलमा सिटीले भिल्लालाई २–१ गोलले हराएको हो । अब पछिल्लाे चार सिजनमा तेस्रो पटक च्याम्पियन बन्न सिटीलाई बाँकी रहेका पाँच खेलबाट मात्र ८ अंक बटुले पुग्नेछ । शीर्ष स्थानमा रहेको सिटीले दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाइटेडमाथि ११ अंकको अग्रता बनाएको छ ।

खेलमा अग्रता भने भिल्लाले बनाएको थियो । खेलको २० औँ सेकेन्डमा नै ओली वाटकिन्सको क्रसमा जोन म्याकगिनले ​घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफमा फिल फोडेन र रोड्रीले गोल गर्दै सिटीलाई अग्रता दिलाए । दुवै गोलको अवसर बर्नार्डो सिल्भाले सिर्जना गरेका थिए । जोन स्टोन्सले रातो कार्ड खाएपछि पहिलो हाफको अन्त्यमा सिटी १० खेलाडीमा सिमित बन्यो ।

भिल्लाको एक खेलाडी बढीको लाभ ११ मिनेट मात्र टिक्यो । दोस्रो हाफमा ३ मिनेटको अन्तर दुई पहेँलो कार्ड खाँदै म्याटी क्यास मैदान छाड्न बाध्य भए ।

त्यसपछि कुनै पनि गोल हुन सकेन र सिटीले खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । ३३ खेलबाट ७७ अंक बटुलेको छ । भिल्ला ४४ अंकसहित लिगको ११ औँ स्थानमा छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }