शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालद्वारा मलेसियालाई २ सय १७ रनको लक्ष्य प्रस्तुत


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 440
    SHARES

९ बैशाख, काठमाडौं । करण केसीको विस्फोटक ब्याटिङको मद्दतले नेपालले त्रिदेशीय शृङ्खालामा मलेसियाबिरुद्ध २ सय १७ रनको विशाल योगफल प्रस्तुत गरेको छ । नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय १७ रन बनाएको हो ।

टी–२० अन्तर्राष्ट्रिय खेलमा नेपालको यो दोस्रो ठूलो योगफल हो । नेपालले यसअघि यही शृङ्खलामा २ सय ६ रन बनाएको थियो । नेपालले सन् २०१९ मा भुटानविरुद्ध २ सय ३६ रनको योगफल तयार गरेको थियो ।

करणले मात्र १३ बल ७ छक्काको मद्दतले ४५ रन बनाए । उनी युवराज सिंहले बनाएको सबैभन्दा चाँडो अर्धशतकको कीर्तिमानबाट एक छक्काले बञ्चित बने । सिंहले १२ बलमा अर्धशतक बनाएका थिए ।

यसअघि फर्ममा रहेका कुशल भुर्तेललाई १६ रनको व्यक्तिगत स्कोरमा गुमाएको नेपालका लागि आसिफ शेखले ३२ बलमा ३ चौका र ३ छक्काको मद्दतले ४२ रनको योगदान दिए । कप्तान ज्ञानेन्द्र मल्लले पनि ४१ रन बनाए । उनले २५ बलमा १ चौका र ४ छक्का हिर्काए ।

मलेसियाका लागि अनवर रहमान र फित्री सामले २–२ विकेट लिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }