आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपालद्वारा मलेसिया ६९ रनले पराजित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ९, २०७८
  • 266
    SHARES

९ बैशाख, काठमाडौं ।

मलेसियालाई ६९ रनले पराजित गर्दै आयोजक नेपाल तालिकाको शीर्ष स्थानमा रहँदै त्रिकोर्णात्मक शृखंलाको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुर स्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा बिहीबार सम्पन्न खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गर्दै अन्तिम दुईमा स्थान बनाएको हो । नेपालले दिएको २ सय १८ रनको लक्ष्यका साथ जवाफी ब्याटिङ गरेको मलेसियाले १९.१ ओभरमा सबै विकेट गुमाएर मात्र १ सय ४८ रन जोड्न सक्यो । मलेसियाका लागि  अमिनुद्धिन राम्लीले सर्वाधिक ४१ रन बनाउँदा कप्तान अहमेद फैजले ३१ रनमा पवेलियन फर्किनु प¥यो । यस्तै अन्य ब्याट्स म्यानले भने राम्रो योगफल तयार पार्न सकेनन् मलेसियाको इनिङलाई सस्तैमा समेट्ने क्रममा बलिङतर्फ नेपालका सन्दीप लामिछाने, कमलसिंह ऐरी र सोमपाल कामीले समान ३÷३ विकेट लिँदा शुसन भारीले १ विकेट लिए । जारी प्रतियोगितामा ११ विकेट लिएका सन्दिप ट्वान्टी–२० क्रिकेटमा नेपालबाट सयौंं खेल खेल्ने पहिलो खेलाडी बनेका छन ।  लिगको दोस्रो खेलमा पनि नेपालसँग पराजित भएको मलेसिया जितविहिन हुँदै प्रतियोगिता टुङ्गाएको छ ।

यस अघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरको समाप्तिमा ७ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो । छैटौ विकेटका क्रिजमा प्रवेश गरेका करण केसीले विस्फोटक ब्याटिङ गर्दै नेपालको इनिङ उकासेका थिए । १३ बलमा ७ छक्का प्रहार गरेका केसीले ४५ रन जोडेका थिए । अघिल्ला खेलमा अर्धसतकीय इनिङ खेलेका कुशल भुर्तेल १६ रनमा पवेलियन फर्किदा आसिफ शेखले ४२ र कप्तान ज्ञानेन्द्र मल्ले ४१ रनको पारी खेलेका थिए । दिपेन्द्र सिंह ऐरी ३३ रन बनाउने क्रममा क्याच आउट हुँदा विनोद भण्डारी ८ रनमा लामो सट हान्ने क्रममा समातिए । कुशल मल्ल १९ रनमा अविजित रहे । नेपालको ७ विकेट निकाल्दा फिट्रि साम, सेइद अजिज र अनवर रहमानको नाममा दुई÷दुई विकेट रह्यो । मोहम्मद वाफिकले एक विकेट हात पारे ।  नेपालका सोमपाल कामी म्यान अफ दि म्याच घोषित भए । उपाधिका लागि शनिबार आयोजक नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }