मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ११, २०७८
  • 418
    SHARES

काठमाडौं,११ बैशाख

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले  जलवायु शिखर सम्मेलनलाई सम्बोधन गर्दै यो दशकलाई जलवायु परिवर्तन न्यूनीकरण उन्मुख दशकका रुपमा अघि बढाउन सबैलाई आह्वान गर्नुभयो ।

जलवायु परिवर्तनको चुनौतीलाई सामना गर्न सिंगो मानव समुदायले ठोस कदम चाल्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भारतले त्यस तर्फ काम गरिरहेको र वर्ष २०३० सम्ममा ४५० गीगावाट नवीकरणीय उर्जा उत्पादन गर्ने लक्ष्य लिएको जानकारी गराउनुभयो । साथै वहाँले सफा उर्जा, उर्जा क्षमता, वृक्षरोपण र जैविक विविधताको क्षेत्रमा भारतले साहसिक कदम चालेको बताउनुभयो ।

भारतीय  प्रधानमन्त्री मोदीले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (ISA), LeadIT and the Coalition for Disaster Resilient Infrastructure जस्ता विश्वव्यापी प्रयासलाई प्रोत्साहन गर्नुभयो ।

सो अवसरमा प्रधानमन्त्री मोदीले र अमेरिकी राष्ट्रपति जो वाइडेनले ‘भारत–अमेरिका जलवायु तथा सफा उर्जा एजेण्डा २०३० साझेदारी’ को शुभारम्भ गर्नुभयो । यस साझेदारीको लक्ष्य लगानीलाई परिचालन गरी प्रविधिलाई सफा एवम् वातावरण मैत्री बनाउनु रहेको छ । “हामीले सदियौं देखि अवलम्बन गर्दै आएको दिगो एवम् परम्परागत जीवनशैलीका कारण भारतको प्रति व्यक्ति कार्वन फुटप्रिन्ट ६० प्रतिशत भन्दा कम रहेको छ ।”, प्रधानमन्त्री मोदीले भन्नुभयो । वहाँले जलवायु परिवर्तन न्यूनीकरणमा जीवनशैलीको महत्वबारे चर्चा गर्दै ‘Back to Basics’ को सिद्धन्तलाई पछ्याउन सबैलाई आग्रह गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)