शनिबार, बैशाख १५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल बैंकको ऋणपत्र २२ गतेदेखि बिक्री खुला


  • माउन्टेन खबर
  • शनिबार, बैशाख ११, २०७८
  • 314
    SHARES

काठमाडौं, ११ वैशाख 

नेपाल बैंकले आगामी २२ गतेदेखि ३ अर्ब ५० करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्र बिक्री खुला गर्ने भएको छ। यसमध्ये १४ लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको छ भने बाँकी २१ लाख इकाई बैंकले अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

सर्वसाधारणलाई निष्कासन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ७० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार कित्ता बाँडफाँट भएको छ। त्यसबाट सर्वसाधारणले बाँकी १३ लाख ८५ हजार कित्तामा आवेदन दिन सक्ने बैंकले जनाएको छ।

१० वर्ष अवधिको ऋणपत्रको वार्षिक ब्याजदर ८.५० प्रतिशत तोकिएको छ । त्यसमा प्रतिइकाई १ हजार रुपैयाँ दरले न्यूनतम २५ इकाईदेखि अधिकतम ३ लाख इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }