बिहिबार, बैशाख २७, २०८१

विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न कठिन छ– रोहित


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १५, २०८१
  • 30
    SHARES

 

काठमाडौं । नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले राष्ट्रिय टोलीका लागि सम्भावना बोकेका धेरै खेलाडी रहेकाले ट्वान्टी–२० विश्वकपका लागि अन्तिम १५ खेलाडी छनोट गर्न चुनौतीपूर्ण हुने बताउनुभएको छ ।

शनिवार त्रिवीमा वेस्ट इण्डिज ‘ए’ विरुद्ध कप्तानी इनिङ खेल्दै जित दिलाएपछि पत्रकार सम्मेलनमा रोहितले सो धारणा राख्नुभयो । आयरल्याण्डसँगको खेलबाट नै सबै खेलाडीमा राम्रो क्षमता देखिएको र सबैमा रिप्लेसमेन्ट गर्नसक्ने क्षमता रहेको रोहितले उल्लेख गर्नुभयो । त्यसैले ट्वान्टी–२० विश्वकपका लागि उत्कृष्ट १५ खेलाडी छान्न चुनौती हुने उहाँको विश्वास छ । उहाँले क्षमतावान खेलाडी धेरै रहेको उल्लेख गर्दै समग्रमा सबैको प्रदर्शन राम्रो रहेको धारणा पनि राख्नुभयो । तर आउने दिनमा जसले राम्रो गर्नसक्छ त्यहाँबाट उत्कृष्ट १५ खेलाडी विश्वकपका लागि छनोट हुने कप्तान रोहितको विश्वास छ ।

आगामी १÷२ खेलमा नै विश्वकपका लागि सबैको भूमिका तय हुने पनि रोहितले बताउनु भयो । उनले शतकीय इनिङ खेल्छु नै भन्ने योजनामा नरहेको पनि उल्लेख गर्नुभयो । आफूले बलमा ध्यान दिँदै सोहीअनुरूप ब्याटिङ गरेको उहाँको भनाइ छ । तर रोहितले सोचेअनुरूप ब्याटिङ भएको बताउनु भयो । उहाँले आज आफ्नो दिन थियो जस्तो लागेको पनि उल्लेख गर्नुभयो । कप्तान रोहितले प्रशिक्षक मोन्टी देसाईसँग एउटा खेलाडीले राम्रो गर्नसक्यो भने टोलीमा आत्मविश्वास बढ्छ भन्ने छलफल हुने गरेको बताउनु भयो । त्यसैले यो इनिङले टोलीमा आत्मविश्वास बढ्ने उहाँले आशा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘ओमानसँगको खेलबाट निराश थियौं । त्यहाँबाट अगाडि बढ्न आवश्यक थियो । त्यो खराब दिन सोचेको भए आजको प्रदर्शन सम्भव थिएन । सबैले आ आफ्नो जिम्मेवारीअनरूपमा गरेँ । त्रिवि २०० सयको रन चेज गर्न सकिन्छ भन्ने थियो, त्यही अनुरूप खेल्यौं । यो लक्ष्य पूरा भएपछि पनि सेलिब्रेट गर्छु भन्ने थियो । त्यसैले शतक हाने पनि सेलिब्रेट गरिन । त्यो पूरा हुन सकेन ।’

नेपाली टोलीका प्रशिक्षक मोन्टी देसाईले ओमान भ्रमण आशातित प्रदर्शन गर्न नसकिएको उल्लेख गर्दै त्यसको जिम्मेवारी आफूले लिने बताउनु भयो । तर आज रोहितले राम्रो प्रदर्शन गरेको प्रशिक्षक मोन्टीले बताउनु भयो । पछिल्लो १५ महिनामा रोहितको उत्कृष्टमध्ये एक प्रदर्शन गरेको प्रशिक्षकको बुझाइ छ । उहाँले एउटा खेलबाट कोही पनि राम्रो र नराम्रो भन्न नसकिने पनि स्पष्ट पार्नुभयो । प्रशिक्षक मोन्टीले वेस्ट इण्डिजसँगको यो खेलले नेपाली टोलीमा आत्मविश्वास बढाउने आशा व्यक्त गर्नुभयो । वेस्ट इण्डिजका प्रशिक्षक फ्लोयड रेइफरले आजको खेलमा राम्रो गर्न नसके पनि आगामी खेलमा राम्रो गर्न आशा व्यक्त गर्नुभयो । आफ्नो टोलीले राम्रो शुरुवात गरे पनि त्यसलाई सदुपयोग गर्न नसकेको बताउनु भयो ।

—न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }