मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बायर्न स्तब्ध हुँदा उपाधि जित्नबाट बञ्चित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 565
    SHARES

१२ बैशाख, काठमाडौं । माइन्जसँग अप्रत्यासित रुपमा पराजित हुँदा बायर्न म्युनिखले लगातार नवौँ पटक बुन्डेस लिगाको उपाधि जित्न थप केही समय पर्खनुपर्ने भएको छ ।

साबिक विजेतालाई पुनः उपाधि जित्न बाँकी तीन खेलबाट मात्र ३ अंक आवश्यक रहेको छ । तर, शीर्ष स्थानमा रहेको बायर्न खेलको तेस्रो मिनेटमा नै पछि पर्यो । जोनाथन बुर्कार्डले १८ यार्ड टाढाबाट गरेको प्रहारलाई गोलकिपर मानुअल नुयरले रोक्न सकेनन् ।

३७ औँ मिनेटमा रोबिन क्वाल्सनले माइन्जको अग्रता दोब्बर बनाए । खेलको अन्तिममा रोबर्ट लेवान्डोस्कीले एक गोल फर्काए पनि त्यो सान्त्वना गोलमात्र बन्न पुग्यो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)