मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

म्यानमारमा भइरहेको हिंसा अन्त्य गर्न आसियानको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 886
    SHARES

१२ बैशाख, काठमाडौं । दक्षिण पूर्वी एसियाली मुलुकहरुको संगठन आसियानका नेताहरुले म्यानमारको सैन्य शासकलाई हिंसा अन्त्य गर्न आग्रह गरेका छन् । शासन हत्यापछि गिरफ्तार गरिएका राजनीतिक बन्दीहरुलाई पनि रिहा गर्न उनीहरुले आग्रह गरेका छन् ।

आसियानका नेताहरुको शनिबार इन्डोनेसियाको जाकार्तामा आकस्मिक बैठक बसेको थियो । सो बैठकमा सहभागी नेताहरुले म्यानमारका सैन्य शासकहरुले नरसंहार तत्काल बन्द गर्नुपर्ने धारणा राखेको इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् ।
बैठकमा सहभागी नेताहरुले म्यानमार शासकले तत्काल सम्बन्धित पक्षसँग वार्ता गर्नुपर्नेमा पनि जोड दिएका थिए ।

आसियानका नेताहरुको बैठकबारे म्यानमारको सैन्य शासकको प्रतिक्रिया भने सार्वजनिक भइसकेको छैन ।

म्यानमारको सेनाले गत फेब्रुअरी १ तारिखमा शीर्ष नेताहरुलाई गिरफ्तार गरेर सत्ता हत्याएको थियो । सैनिक कू भएयता भएको विरोध प्रदर्शनमा प्रहरी र सैनिकको गोली प्रहारबाट ७ सय बढीको मृत्यु भइसकेको बताइन्छ । हजारौं जना विस्थापित भएर छिमेकी देश थाइल्याण्डमा शरण लिएका छन् ।

आसियानका १० सदस्य राष्ट्रहरुमध्ये म्यानमार पनि एक हो । आसियानमा ब्रुनाई, कम्बोडिया, लाओस, इन्डोनेसिया, म्यानमार, थाइल्याण्ड, मलेसिया, सिंगापुर, फिलिपिन्स र भियतनाम छन् ।

सैनिक कूपछि पहिलो विदेश भ्रमणको क्रममा म्यानमारका सिनियर जनरल मिन आङ्ग हलाइङग जाकार्ता पुगेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)