मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दिल्लीमा एकसाता लकडाउन थप लम्ब्याइयो


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 450
    SHARES

१२ बैशाख, काठमाडौं । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाभाइरसको महामारी रोक्न लगाइएको लकडाउन एक साता लम्ब्याइएको छ।

यसअघि कोरोना भाइरसको संक्रमण रोक्न गत सोमबार एक साताका लागि भनेर लकडाउन गरिएको थियो।

लकडाउन हुनुअघि दिल्ली छोड्ने आप्रवासी कामदारको ताँती लागेको थियो।

एक साता लकडाउन गर्दा पनि अवस्थामा सुधार नआएपछि दिल्ली सरकारले सोमबार फेरि एक साता लकडाउन थप्ने निर्णय गरेको हो।

लकडाउन गर्नुअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो। कोरोना भाइरसको बढ्दो संक्रमणको जालोलाई तोड्न कर्फ्यू जारी गरिएको थियो। तर त्यसको पालना नगरिएपछि थप कडा नियमहरू लिनुपर्ने बताइएको छ।

भारतमा शनिबारमात्रै ३ लाख ४९ हजार मानिसमा कोरोना संक्रमण भएको थियो भने २ हजार ७ सय जनाले ज्यान गुमाएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)