१२ बैशाख, रुपन्देही । रुपन्देहीमा कोभिड–१९ संक्रमितको संख्या बढ्दै गएपछि प्रशासनले सवारीसाधन संचालनमा पनि कडाई गर्ने भएको छ । डिसीसीएमसीको आज बसेको बैठकले यही वैशाख १४ गतेबाट जिल्लामा चल्ने सवारी साधनहरुलाई जोरबिजोर प्रणालीको आधारमा चलाउने निर्णय गरेको छ ।
रुपन्देहीमा प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले रुपन्देहीका सार्वजनिक तथा निजी यातायातका साधनहरु जोर बिजोर प्रणालीको आधारमा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो।
जोर गतेका दिन जोर नम्बर प्लेट भएका यातायातका साधन र बिजोर गते बिजोर नम्बर भएका यातायातका साधनहरु सञ्चालन हुने ब्यवस्था मिलाउन समन्वय बैठकले निर्णय गरेको उहाँले बताउनुभयो।
निजी र सरकारी चारपाङ्ग्रे,तीन पाङ्गे र दुई पाङ्गेमा लागु गर्ने हुनेछ ।
