बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

काठमाडौं जिल्ला प्रशासनको अत्यावस्यक सेवा बाहेकका सबै सेवा स्थगित


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 688
    SHARES

१२ बैशाख, काठमाडौं । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेको छ । सोमबारदेखि लागु हुने गरी जिप्रकाले सो सूचना जारी गरेको हो ।

कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण भएको र संक्रमितको सम्पर्कमा रहेका कर्मचारीलाई पनि परिक्षण गर्नुपर्ने भएकाले संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताउनुभयो । यसबाहेक भिडभाड हुने अन्य कार्यालयहरुमा पनि सेवा प्रवाहका वैकल्पिक विधि अपनाउन आग्रह गर्नुभयो ।

 

स्थगित गरिएका सेवाहरुमा नयाँ नागरिकता, नागरिकता प्रतिलिपी र नाबालक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दर्ता नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ता रहेका छन् । तर शान्ति सुरक्षासँग सम्बन्धित निवेदन र मुद्दासँग सम्बन्धित कार्यहरु र अन्य अत्यावश्यक सिफारिसका सम्बन्धमा सेवा सूचारु रहने बताउनुभयो ।

आइतबार जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बसेर अनावश्यक भिडभाड हुने कार्यालयको सेवा प्रवाहलाई कार्यतालिका बनाई आलोपालो गरी वैकल्पिक व्यवस्था मिलाई भिडभाड कम गर्ने, सचेतना अभियान चलाउने, प्रचार प्रसार गर्ने र भिडभाड कम गर्न सबैलाई अनुरोध गर्ने निर्णय गरेको पनि प्रमुख जिल्ला अधिकारी पराजुलीले बताउनुभयो । मास्क नलगाई हिड्ने व्यक्तिलाई जरिवाना गर्न प्रहरीलाई निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

अत्यावश्यक सेवा लिन आउने सेवाग्राहीहरुले अनावश्यक भिडभाड नगरी जनस्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्दै अनिवार्य रुपमा मास्क लगाएर मात्रै कार्यालय प्रवेश गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)