बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना रोकथामका लागि मन्त्रालयद्वारा सातै प्रदेशमा उच्चस्तरीय समितिको गठन


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १२, २०७८
  • 801
    SHARES

१२ बैशाख, काठमाडौं । कोरोना भाइरसको संक्रमण तीब्र फैलिएपछि त्यसको नियन्त्रण तथा रोकथामका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातै प्रदेशमा उच्चस्तरीय समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमण नियन्त्रणका लागि सातै प्रदेशमा उच्च स्तरीय टोली गठन गरिएको जानकारी दिनुभयो ।

समितिमा संयोजकको जिम्मेवारीमा हरेक प्रदेशमा दुई दुई जना खटाइएको छ। जसमा प्रदेश नम्बर एकमा डा. महेन्द्रप्रसाद श्रेष्ठ र डा. पवनजङ्ग रायमाझी, प्रदेश नम्बर दुईमा डा. रोशन पोखरेल र डा. मोहमद दाउद, बागमतीमा डा. रोशन पोखरेल र डा. मदनकुमार उपाध्यायलाई जिम्मेवारी दिइएको छ।

यस्तै गण्डकीमा डा. गुणराज लोहनी र डा. प्रकाश शाह, लुम्बिनीमा डा. गुणराज लोहनी र डा. रोशन न्यौपाने, कर्णालीमा डा. दिपेन्द्ररमण सिंह र डा. केशवराज पण्डित र सुदूरपश्चिममा डा. दिपेन्द्ररमण सिंह र डा. रिता भण्डारी जोशीलाई जिम्मेवारी दिइएको छ।

मन्त्रालयले डा. रोशन पोखरेल, डा. गुणराज लोहनी र डा. दिपेन्द्ररमण सिंहलाई भने दुईटा प्रदेशको जिम्मेवारी दिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)