बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

‘कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन’


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 780
    SHARES

१३ बैशाख, काठमाडौं

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताउनुभएको छ ।

सोमबार आइबिएन मिडिया एन्ड रिसर्चद्वारा उत्पादित टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित अन्तरक्रिया कार्यक्रममा  अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताउनुभयो । जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि  उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो ‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको÷सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताउनुभयो । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उहाँले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताउनुभयो । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताउनुभयो ।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि बताउनुभयो ।

कार्यक्रममा अर्थ मन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठले कोरोना संक्रमण नियन्त्रण गर्दै आर्थिक पुनरुत्थानलाई बजेटले विशेष प्राथमिकता दिने बताउनु भयो ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले आगामी बजेटमा बैंकिङ क्षेत्रको करको दर घटाउन आग्रह गर्नु भयो । अहिले ३० प्रतिशत कर लाग्ने गरेको भन्दै त्यसलाई घटाएर २५ प्रतिशतमा झार्दा राम्रो हुने उहाँको सुझाव छ । यस्तै डिजिटल कारोबारको प्रवद्र्धनका लागि कर छूट गर्नुपर्ने उहाले बताउनु भयो।

कार्यक्रममा नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स लिमिटेड (नेप्स) का प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाले डिजिटल कारोबारलाई प्रवद्र्धन गर्न सरकारले राजस्व संकलनदेखि पेन्सन वितरणसम्मका सबै सरकारी कारोबारहरुलाई डिजिटल माध्यमबाट गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा आइबिएन मिडिया एण्ड रिसर्चद्वारा प्रकाशित विशेष स्मारिका ‘डिजिटल नेपाल’को विमोचन समेत गरिएको थियो। उक्त स्मारिकामा पछिल्लो समय मुलुकका विभिन्न क्षेत्रमा बढ्दै गएको डिजिटल कारोबार, यसका समस्या, चुनौती, सुरक्षा लगायत विविध विषयमा विज्ञहरूको लेखरचना समेटिएका छन् ।

उक्त अवसरमा संस्थाले एसीसी, नबिल, हिमालयन बैंकका साथै ‘अर्थको अर्थ’को कार्यक्रम निर्माता शंकर पण्डित र सुदूरपश्चिम संवाददाता विवेक नागरीलाई  सम्मानित गरिएको थियो।

कार्यक्रममा अर्थको अर्थ कार्यक्रमका निर्माता हृदयराज गौतमले प्रविधिमा पहुँच बढेसँगै पछिल्लो समय नगदरहित कारोबार बढेको बताउनु भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)