आइतवार, बैशाख १६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी सरकारविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि विशेष अधिवेशन छलफल सुरु


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 614
    SHARES

१३ बैशाख, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वास प्रस्ताव माथी प्रदेश सभाको विशेष अधिवेशन छलफल सुरु भएको छ । छलफलको सुरुवातमा बोल्दै प्रस्तावित मुख्यमन्त्रीका उम्मेदवार कृष्णचन्द्र पोखरेलले प्रतिगमनको मतियार केन्द्रीय सरकारको समर्थनमा उभिएका कारण मुख्ममन्त्री बिरुद्ध अविश्वास प्रस्ताव पेश गरेको बताउनुभयो ।

उहाँले जनताको भाबना विपरित गएको कारण सरकारमा बस्ने बैधानिकता गुमाएको भन्दै उहाँले मुल्य र मान्यता बिपरित कुर्सीमा टासिएको आरोप लगाउनुभयो । मुख्यमन्त्री गुरुङ्ग बिरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले हस्ताक्षर गरि अविश्वास प्रस्ताव दर्ता गरेका थिए ।

गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वास प्रस्ताव पारित हुन ३१ सदस्य आवश्यक पर्छ । ६० सदस्यीय प्रदेश सभामा नेकपा एमालेसँग २७ सिट छ भने ३ सिट रहेको राष्ट्रिय जनमोर्चा निर्णायक शक्तिका रुपमा रहेको छ । सुरु देखी मुख्यमन्त्री लाई साथ दिदै आएको जनमोर्चाले पछिल्लो दिनमा भने मुख्यमन्त्री गुरुङ्गलाई साथ नदिने संकेत गरेको छ । यसै गरी गण्डकी प्रदेशमा जनता समाजबादीको २ सिट र स्वतन्त्र सांसद एक रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }