मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइपिएलबाट आश्विनले गरे बाहिरिने निर्णय


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १३, २०७८
  • 365
    SHARES

१३ बैशाख, काठमाडौं । भारतीय क्रिकेटक हस्ती रवीचन्द्रन आश्विनले भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको चालू सिजनबाट बाहिरिने घोषणा गर्नु भएको छ ।

परिवारका सदस्यहरु कोभिड–१९ को सङ्क्रमणको चपेटामा परेको अवस्थामा उनीहरुलाई साथ सहयोग दिनुपर्ने जनाउँदै आश्विनले सिजनका बाँकी खेल नखेल्ने बताउनु भएको हो ।

स्पिनर आश्विनले यसपटक दिल्ली क्यापिटल्सबाट खेल्दै हुनुहुन्छ ।

आश्विनले गर्नु भएको ट्वीटमा “अहिलेको कठिन अवस्थामा मैले परिवारलाई मद्दत गर्नु मेरो प्रमुख जिम्मेदारी हो” भन्नु भएको छ ।

भारतमा कोरोनाभाइरसको महामारी तिब्र रुपमा फैलिएको अवस्थामा आइपिएल खेलाउनु ठीक नरहेको भन्दै आलोचना पनि हुन थालेको छ ।
दिल्ली क्यापिटल्सले आश्विनको निर्णयप्रति समर्थन जनाएको छ ।

यसैबीच, रोयल च्यालेन्जर्स बैंगलोरमा अनुबन्धित केन रिचर्डसन र एडम जाम्पाले पनि कोभिड–१९ को सङ्क्रमणकाे कारण देखाउँदै चालू लिगमा सहभागिता नजनाउने भन्दै स्वदेश फर्किएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)