मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आइपिएल क्रिकेट

१ रनले दिल्ली पराजित


  • माउन्टेन खबर
  • बुधबार, बैशाख १५, २०७८
  • 699
    SHARES

अहमदाबाद,१५ बैशाख

 विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर (आरसिबी) ले इन्डियन प्रिमियर लिग (आइपिएल) को मंगलबारको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले पराजित गरेको छ ।

दिल्ली क्यापिटल्सले टस जितेर पहिले ब्याटिङका लागि आमन्त्रण गरेको आरसिबीले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । आरसिबीका लागि एबी डि भिलियर्सले विस्फोटक ब्याटिङ गर्दै ७५ बनाए । उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए ।

जवाफमा दिल्ली क्यापिटल्सले राम्रै शुरुआत गरे पनि बीचमा रन रेट बढाउन नसक्दा पछिल्ला ओभरमा दबाब परेको थियो ।

शुरुआतका तीन ब्याट्सम्यान पृथ्वी श, स्टिभन स्मिथ र शिखर धवन टिमको स्कोर ४७ रन हुँदा आउट भएपछि दिल्ली दबाबमा परेको थियो ।

तर मार्कस स्टोइनिस र कप्तान रिषभ पन्तबीच राम्रै साझेदारी भएको थियो । स्टोइनिस २२ रन बनाएर आउट भएपछि दिल्ली लगभग हारको अवस्थामा पुगेको थियो ।

यसैबीच, मैदानमा प्रवेश गरेका वेस्ट इन्डिजका विस्फोटक ब्याट्सम्यान शिमरन हेटमायरले ५३ रन बनाए जसमा उनले ४ छक्का र ३ चौका सामेल थियो । रिषभ पन्त पनि ५८ रन बनाएर नटआउट रहे ।

जितका लागि अन्तिम ओभरमा १४ रन आवश्यक थियो, र दुबै खेलाडी फर्ममा रहे पनि आवश्यक १७२ रन बनाउन सकेनन् । अन्तिम ओभरको अन्तिम ३ बलमा १० रन चाहिएको अवस्थामा रिषभले २ चौका हाने, तर अरु १ रन बनाउन सकेनन् ।

यो जितसँगै आरसिबी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ ।

लिगको अंक तालिका

१. आरसिबी – १० अंक
२. सिएसके – ८ अंक
३. दिल्ली क्यापिटल्स – ८ अंक
४. मुम्बई इन्डियन्स – ४ अंक
५. केकेआर – ४ अंक
६. पंजाब किंग्स – ४ अंक
७. राजस्थान रोयल्स – ४ अंक
८. सनराइजर्स हैदराबाद – २ अंक

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)