१६ बैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आज (बिहीबार) मुम्बई इन्डियन्स र राजस्थान रोयल्सले प्रतिस्पर्धा गर्दै छन् । दिल्लीमा हुने मुम्बई र राजस्थानबीचको खेल नेपाली समयानुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ ।
लिगमा ५ खेल खेलेको मुम्बईले दुई खेलमा मात्र जित निकाल्न सकेको छ । मुम्बई साबिक विजेता टोली हो । ५ खेलबाट ४ अंक जोड्दै मुम्बई तालिकाको चौथो स्थानमा छ ।
समान अंक रहेको राजस्थानाई आजको खेलमा फराकिलो जित निकाल्दै दुई स्थानमाथि उक्लने मौका छ । मुम्बई पनि फराकिलो जित निकाल्दै तालिकाको चौथो स्थानमा उक्लने योजनामा छ ।
