सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रियसभा सदस्य पदको निर्वाचनका प्रदेश निर्वाचन कार्यालय स्थापना


  • माउन्टेन खबर
  • शनिबार, बैशाख १८, २०७८
  • 1.1K
    SHARES

मकवानपुर, १८ वैशाख 

वाग्मती प्रदेश, राष्ट्रियसभा सदस्य पदको निर्वाचनका लागि हेटौँडा उपमहानगरपालिका –४ जिल्ला निर्वाचन कार्यालय भवनमा आज प्रदेश निर्वाचन कार्यालय स्थापना गरिएको छ । प्रदेश निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले प्रदेश निर्वाचन कार्यालयको आज शुभारम्भ गर्नुभयो ।
उहाँले यही वैशाख २१ गतेदेखि राष्ट्रियसभा सदस्य एक पदमा हुने निर्वाचन क्रममा यहाँ मतदाता नामावली प्रकाशन तथा नाममा संशोधन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाउनुभयो ।

आगामी जेठ ६ गते रिक्त राष्ट्रियसभा सदस्यमा निर्वाचन हुँदै छ । स्थानीय भुटनदेवी माविको भवनमा दुई मतदान केन्द्र स्थापना गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालय मकवानपुरका प्रमुख अधिकृत गोविन्दप्रसाद पौडेलले निर्वाचनमा वाग्मती प्रदेशसभाका सदस्य ११० र प्रदेशका १३ वटै जिल्लाका ११९ स्थानीय तहका प्रमुख÷उपप्रमुख २३८ गरी कूल ३४८ मतदाता रहेको जानकारी दिनुभयो ।

तत्कालीन राष्ट्रियसभा सदस्य रामबहादुर थापा सदस्यबाट मुक्त भएपछि निर्वाचन प्रक्रिया शुरु गरिएको हो । प्रदेश निर्वाचन कार्यालयका अनुसार वैशाख अन्तिम सातासम्ममा निर्वाचन आयोग काठमाडौं बाट मतपत्र प्राप्त हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)