सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शंकर पोखरेललाई आजै मुख्यमन्त्रीको सपथ खुवाउने तयारी


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 403
    SHARES

१९ बैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्रीबाट राजिनामा दिनुभएका शंकर पोखरेललाई आजै मुख्यमन्त्रीको सपथ ग्रहण गराउने तयारी भएको छ।

प्रदेश प्रमुखले आजै नयाँ सरकार गठनको आह्वान गर्ने र एमालेले बहुमत प्राप्त दलको हैसियतमा नाम पठाएपछि पोखरेलले मुख्यमन्त्री पदको सपथ ग्रहण गर्ने तयारी भइरहेको एक नेताले बताउनुभयो।

आजै बसेको लुम्बिनी प्रदेशसभाको एमाले संसदीय दलको बैठकले मुख्यमन्त्रीमा पोखरेललाई नै प्रस्ताव गरिसकेको छ ।

आफूविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुनुअघि नै पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि उहाँको राजीनामा प्रदेश प्रमुख धर्मनाथ यादवले तत्कालै स्वीकृत गर्नुभएको छ ।

एमालेले लुम्बिनीमा एकल बहुमतको सरकार गठनमा दाबी गरेको छ । आफू संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बनेको र अब १६८ को १ अनुसार एकल सरकार गठन गर्ने भन्दै पोखरेल त्यसको तयारीमा जुट्नुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }