मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले संसदीय दलले मुख्यमन्त्रीमा पोखरेललाई नै अघि सार्यो


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 556
    SHARES

१९ बैशाख, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीमा पुनः शङ्कर पोखरेललाई नै अघि सारेको छ । प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटी सदस्य पोखरेललाई अघि सार्ने निर्णय गरेको सत्तापक्षका प्रमुख सचेतक भूमीश्वर ढकालले जानकारी दिनुभयो ।

उहाँले एमालेको एकल बहुमतको सरकार गठनका लागि दावी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताउनुभयो । मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त मुख्यमन्त्रीमा आज नै उहाँले शपथ लिनुहुनेछ । “मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीका विषयमा सल्लाह हुँदैछ”, प्रमुख सचेतक ढकालले भन्नुभयो ।

लुम्बिनीमा एमालेका पक्षमा ४१, नेपाली कांग्रेसका १९, नेकपा(माओवादी केन्द्र)का १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)