मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नाराबाजीकै बावजुद पोखरेलले लिए मुख्यमन्त्रीको शपथ


  • माउन्टेन खबर
  • आइतवार, बैशाख १९, २०७८
  • 994
    SHARES

१९ बैशाख, रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गर्नुभएको छ ।प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिए पनि मुख्यमन्त्री कार्यालयमा सपथग्रहण गराइएको हो ।

प्रदेश प्रमुख धर्मनाथ यादव सपथग्रहण गराउन मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा धर्ना छिचाेलेर गएका थिए । विपक्षी गठबन्धनका कार्यकर्ताले बाहिर नाराबाजी गरेका थिए । नाराबाजीकैबीच सपथग्रहण भएको हो ।

बाहिर धर्मनाथ यादव मुर्दाबाद, शंकर पाेखरेल मुर्दाबाद,प्रहरी दमन मुर्दाबाद ,प्रहरी दमन बन्द गर जस्ता नारा लगाइएको थियाे । नाराबाजीमा धकेला धकेल हुँदा २ जना महिला सांसदमाथि प्रहरीले दुर्ब्यबहार गरेको छ ।

पोखरेलले आइतवार विहान राजिनामा दिई,सरकार गठनका लागि ४१ सांसदको हस्ताक्षर बुझाउनुभएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)