मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

लुम्बिनी प्रदेशमा किचलो

हामी कानुनी लडाइँ लड्छौं : विपक्षी दल


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 1.0K
    SHARES

२० बैशाख, रुपन्देही। लुम्बिनी प्रदेशमा अल्पमतमा परेका दलको नेतालाई मुख्यमन्त्रीमा सपथ गराइएको भन्दै विपक्षी दलहरुले कानूनी र राजनीतिक लडाइँ लड्ने बताएका छन् ।

माओवादी केन्द्र, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धनले सोमबार संयुक्त पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्रीमा शंकर पोखरलको नियुक्ति असंवैधानिक, अलोकतान्त्रिक र तानाशाहीको पराकाष्ठा भएको बताएका हुन्।

आफुहरुले ४२ जना सांसदको हस्ताक्षरको बहुमतसहित सरकारका लागि दावी गरिरहँदा पोखरेलकले जम्मा ३७ जना सांसदको समर्थनमा असंवैधानिक तवरबाट मुख्यमन्त्रीमा नियुक्त गरिएकोमा विपक्षी दलले विरोध जनाएको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनौडियाले भन्नुभयो, ‘हिजोको घटना अराजनीतिक र निकृष्ट घटना हो, संविधान मिचेर गरिएको नियुक्तिले अराजकता बढायो,यो सामान्य विषय होइन,’यसविरुद्ध कानूनी र राजनीतिक लडाइँ लड्छौं।’

त्यस्तै मुख्यमन्त्रीको सपथ रोक्न धर्नामा बसेका महिला सांसदमाथि प्रदेश प्रहरी प्रमुख रबिन्द्र धानुकले बल प्रयोग र महिला हिंसा गरेकाले उनलाई निलम्वन गर्न उहाँले माग गर्नुभयो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)