मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इटालियन सिरि-ए च्याम्पियनको उपाधी इन्टरलाई


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २०, २०७८
  • 498
    SHARES

२० बैशाख, काठमाडौं । इन्टरमिलान एघार वर्षपछि इटालियन सिरि-ए च्याम्पियन बनेको छ । हिजो साँझ एट्लान्टाले सासुओलासँग १-१ गोलको बराबरी खेलेपछि इन्टरको उपाधी पक्का भएको हो ।

३४ खेलमा ८२ अंकसहित शीर्ष स्थानमा रहेको इन्टरलाई एक जीतको आवश्यकता थियो । दोस्रो स्थानमा रहेको एट्लान्टाले हिजोको बराबरीपश्चात ३४ खेलमा ६९ अंक बनाउँदा इन्टरले चार खेल अगावै उपाधी जीतेको हो ।

मुख्य प्रशिक्षक एन्टनियो कोन्टेको निगरानीमा इन्टरले गतवर्ष उपविजेतामा चित्त बुझाउनु परेको थियो । तर यो वर्ष इन्टरले छुट्टै इतिहास रचेको छ ।

साविक विजेता युभेन्टसको लगातार नौ वर्षको उपाधी यात्रामा इन्टरले पूर्णविराम लगाएको छ । सन् २०१० मा अन्तिमपटक सिरि-एको उपाधी जीतेको इन्टरले एघार वर्षयता कुनै उपाधी जीतेको थिएन ।

यो इन्टर मिलानको १९औं सिरि-ए उपाधी हो । आफ्नो मुख्य प्रतिद्वन्द्वी एसी मिलानको १८ सिरिएको किर्तीमान उछिन्दै इन्टर इटालीमा युभेन्टसपछि सर्वाधिक लिग विजेता बन्न पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)