बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आमा: बोधगम्य आत्मा (कविता )


  • -दीपा राई पुन बोस्टन, अमेरिका
  • आइतवार, बैशाख २६, २०७८
  • 1.6K
    SHARES

आमा: बोधगम्य आत्मा

सम्पूर्णताले भरिएको
जीवनको सबै भारी बोकेर
हृदयभरि सपना फुलाउने
छाती कै भीरमा पनि
कसैलाई चोट नपुर्‍याई
उकालो उक्लन सक्ने
मेरी आमा
म एउटा आत्मा
तिमीलाई हेरिरहेछु ।
समयले कहिले बुझ्छ तिमीलाई ?

गोबर ,माटो, घाँस, दाउराको रङ्गले
क्यानभास भई रङ्गिएका तिम्रा हातहरु
अँध्यारोमा सधैँ चम्कने तिम्रा आँखाहरु
जहिँतहीँ फुल्ने तिम्रा मुस्कानमय फूलहरु
बगेकै छ हृदय नदी-तरङ्ग
प्यास बुझाउन बगरलाई
अनुभूतीहरुले कति-कति मगमगाएको छौ
यो सुवास्ना तिम्रो मात्र हौ,
यति भए काफी छैन र?
धरतीमा स्वर्ग ब्युँझिनू !

पिंढी र चोटाको
विरही सुस्केराहरु
आफैंलाई भुली दिएर
भोगेका सबै यातनाहरु
मनभरि सङ्ग्रहालय खोलेर
शक्तिमा रूपान्तरण गर्नु पर्छ
अनि ब्युँताउनु पर्छ आफ्नै आत्मालाई
जीवनको आलापहरु खुशीले गाउनु पर्छ
एउटा महाकाब्य मेरी आमा
अब तिमीलाई पढेर जीवन बुझून्
ती हेय दृष्टिका आँखाहरुले !

आमा,तिमी अदभूत आत्मा हौ !
चेतन-आत्मा
रहरहरु कुँदाएर गोरेटो बनाउने
चेतना फैलाएर तृष्णा बुझाउने
दुरुहमार्गी चिन्तन भएको
कमजोर छैनौ तिमी कहीँ पनि
जीवनलाई पढी -बुझी
जीवनको उत्सव मनाउन सिकाउने
तिमीलाई खुम्च्याएर जहाँ राखून् !

बोधताको अमृत घुट्का
तिमीले नै हो पिलाउने !

-दीपा राई पुन
बोस्टन, अमेरिका !

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)