बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी उपलब्ध गराउन ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १, २०८३
  • 38
    SHARES

काठमाडौँ।   सडक डिभिजन काठमाडौँले सडकमा देखिएका समस्या तथा क्षतिको जानकारी तत्काल उपलब्ध गराउन सकिने गरी ‘सडक सुझाव’ मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

 

 

 

 

एक कार्यक्रमका बिच डिभिजनले काठमाडौँ जिल्लाका १० वटै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसदहरूलाई एपबारे ब्रिफिङ गराएको हो । एपमार्फत सडकमा भएका खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने समस्या, ट्राफिक सुरक्षा तथा सडक निर्माणसँग सम्बन्धित समस्या फोटोसहित रिपोर्ट गर्न व्यवस्था रहेको डिभिजन प्रमुख सुबोधकुमार देवकोटाले जानकारी दिनुभयो । उहाँले उक्त एपको बिहीबार औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी भइरहेको समेत बताउनु भयो । उहाँकाअनुसार समस्या रिपोर्ट गरिसकेपछि समस्या देखिएको स्थान एपले जीआईएस म्यापिङमार्फत पहिचान गर्नेछ । प्रयोगकर्ताले आवश्यक परे ठेगाना खोजेर स्थानसमेत निर्धारण गर्न सक्ने उहाँले बताउनु भयो । देवकोटाले समस्या दर्ता गर्दा फोटो, समस्याको प्रकार, गम्भीरताको स्तर र नजिकको चिनारी स्थान राख्नुपर्ने बताउनु भयो । उहाँले काठमाडौँ उपत्यकाका सडकमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्न सडक डिभिजन कार्यालय यसअघि नै ‘सडक पोटहोल मर्मत एम्बुलेन्स’ परिचालन गरेको गरिसकेको समेत जानकारी दिनुभयो । उहाँले सडकलाई सुरक्षित र व्यवस्थित बनाउने उद्देश्यले कार्यालयले मर्मत अभियानलाई तीव्रता दिएको दिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले नयाँ एप्स ‘सडक सुझाव’ भनेर लन्च गरेका छौँ । यसमा  भन्दाखेरि ड्यामेज रोड, वाटर लन्चको एरिया छ भनेपनि अहिले गर्न सकिन्छ । ट्राफिक सेफ्टी अरू कुराहरू पनि यसमा रिपोर्ट गर्न सकिन्छ ।  यो एप प्ले स्टोरमा उपलब्ध छ । यसमा सडकमा खाल्डाखुल्डी, सडक क्षति, पानी जम्ने वा सडक निर्माण सम्बन्धी कुनै समस्या देख्नुभएको छ ? वा समस्या देखेर गुनासो मात्र होइन । अब समाधान पनि त्यहीँ एपमार्फत जुट्न सकिन्छ । सबैभन्दा पहिले प्ले स्टोर वा एप स्टोरमा गई सडक सुझाव एप डाउनलोड गर्ने, एप खोल्नुहोस् र होम स्क्रिनमा रहेको ‘रिपोर्ट अ प्रब्लम’मा क्लिक गरी समस्याको फोटो अपलोड गर्न सकिन्छ । फोटो खिचेको स्थान एपले स्वतः पहिचान गर्दछ । आवश्यक परे ठेगाना खोजी गरी स्थानसमेत निर्धारण गर्न सक्छ । त्यसपछि समस्याको प्रकार छनोट गरी समस्याको गम्भीरताको स्तर छनोट गर्ने काम गर्नुपर्यो । सबै विवरण जाँच गरी समिट गर्न सकिन्छ । यति गरेपछि तपाईँको रिपोर्ट सफलतापूर्वक दर्ता हुन्छ र एउटा रिफरेन्स नम्बर प्राप्त हुन्छ । दर्ता गरिएको रिपोर्टको अवस्था पनि एपमार्फत हेर्न सकिन्छ । प्राप्त रिपोर्टहरूलाई समस्याको आवश्यकता, गम्भीरता र प्राथमिकताका आधारमा मूल्याङ्कन गरी गरी आवश्यकताअनुसार समाधान तथा व्यवस्थापनको प्रक्रिया अघि बढाइनेछ ।  सडक डिभिजन काठमाडौँ जनताको सेवा र कल्याणका लागि २४ सै घण्टा प्रतिबद्ध छ ।’

उहाँले विस्तारै यो प्रणालीसँग भक्तपुर र ललितपुरलाई समेत जोडिने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)