आइतवार, बैशाख ३०, २०८१

नेपाल सुपर लिग

एफसी चितवन २–१ गोल अन्तरले पराजित ,काठमाडौंँ रेजर्स शीर्ष स्थानमा


  • माउन्टेन खबर
  • आइतवार, बैशाख २६, २०७८
  • 615
    SHARES

काठमाडौँ, २६ वैशाख 
नेपाल सुपर लिगअन्तर्गत आज भएको अन्तिम खेलमा काठमाडौंँ रेजर्सले एफसी चितवनलाई २–१ गोलअन्तरले पराजित गरेको छ । कुल ६ खेलबाट १३ अंक जोडेको काठमाडौँ लिगको शीर्ष स्थानमा रहँदै प्ले अफमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडाँैंका लागि विदेशी मेसोउके ओलोमोऊ र संजोग राईले एकएक गोल गर्नुभयो । चितवनका लागि सान्त्वना गोल राजीव लोप्चनले गर्नुभयो । खेलको १७ औंँ मिनेटमा काठमाडौँका ओलोमोउले गोल गर्नुभएको हो । यस्तै खेलको ३४ औंँ मिनेटमा राईले काठमाडौँका लागि दोस्रो गोल गर्नुभयो ।

यसैगरी चितवनका लागि खेलको ४०औंँ मिनेटमा लोप्चनले गोल गर्नुभएको हो । खेलको ४४ औंँ मिनेटमा काठमाडौंँका विश्वास श्रेष्ठले हानेको बल गोलपोष्टबाट बाहिरियो । यस्तै खेलको ८१ औंँ मिनेटमा काठमाडौंँका प्रिजेन तामाङ गोल गर्नबाट चुक्नुभयो । चितवनले लिगका कुनै पनि खेल जित्न सकेन । चितवनले ६ खेलमा चारमा हार तथा दुई खेलमा बराबरी खेल्यो । काठमाडौंँले अब फाइनल प्रवेशका लागि मंगलबार धनगढी एफसीसँग प्लेअफमा खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }