शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकी प्रदेशका मुख्यमन्त्रीको रुपमा पृथ्वीसुब्बा गुरुङको पुनः शपथ


  • माउन्टेन खबर
  • बुधबार, बैशाख २९, २०७८
  • 676
    SHARES

कास्की,२९ बैशाख

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङ पुनः नियुक्त हुनुभएको छ ।

प्रदेश प्रमुख सीता पौडेलले  वैकल्पिक सरकार गठनका लागि दिएको ७२ घण्टे समयभित्र विपक्षी गठबन्धले बहुमत पुष्टि गर्न नसकेपछि ठूलो दलको हैसियतमा एमाले संसदीय दलका नेतासमेत रहनुभएको गुरुङ नै मुख्यमन्त्री नियुक्त भएका हुनुभएको हो ।

प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (३) अनुसार नियुक्त गर्नुभएको छ । अब गुरुङले ३० दिनभित्र सदनबाट विश्वासको मत लिनुपर्नेछ ।

उहाँमा कोरोना संक्रमण रहेकाले आवश्यक स्वाथ्य मापदण्ड पूरा गराई पद तथा गोपनीयताको सपथ गराइएको स्रोतले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)