मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

उपाधीका लागी काठमाडौं र धनगढी भिड्दै


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १, २०७८
  • 352
    SHARES

१ जेठ, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को उपाधि भिडन्त आज हुँदैछ । उपाधिका लागि काठमाडौं रेजर्स एफसी र धनगढी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।

खेल साँझ साढे पाँच बजेपछि काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । उपाधि जित्ने योजनासहित मैदान उत्रने दाबी गरेका दुवै टोलीको खेल निक्‍कै रोमान्चक हुने अनुमान गरिएको छ ।

काठमाडौँका प्रशिक्षक बाल गोपाल महर्जनले धनगढीलाई पराजित गर्दै घरेलु मैदानमा उपाधि हात पार्ने योजना रहेको उल्लेख गरे ।

धनगढीका नाइजेरियन प्रशिक्षक तोपे फुजाले पनि उच्च मनोबलका साथ मैदानमा उत्रने योजना सुनाउँदै जित आफ्नै पक्षमा हुने दाबी गरे । उनले अघिल्ला दुई खेलमा विजयी धनगढी उच्च मनोबलका साथ खेल्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)