बिहिबार, अशोज १, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इजरायल र प्यालेस्टाइनबीचको युद्धमा एकैदिन ४२ जनाको मृत्यु


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ ३, २०७८
  • 845
    SHARES

३ जेठ, काठमाडौं । इजरायल र प्यालेस्टाइनबीच जारी युद्धमा आइतबार एकै दिन ४२ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० जना बालबालिका पनि रहेको बीबीसीले जनाएको छ ।

गाजा क्षेत्रमा गत सोमबारदेखि जारी युद्धमा एकैदिन यति धेरै हताहती भएको यो पहिलो हो ।

इजरायली सेनाका अनुसार प्यालेस्टाइनी विद्रोहीहरुले यो साताभरीमा इजरायलमा तीन हजारभन्दा बढी रकेट प्रहार गरेका छन् ।

सोमबार बिहानै इजरायलले गाजा शहरका विभिन्न क्षेत्रमा ८० वटा हवाई आक्रमण गरेको छ । त्यसअघि हमास बिद्रोहीले इजरायलको दक्षिणी क्षेत्रमा रकेट प्रहार गरेको जनाइएको छ ।

युद्ध चर्किदै गएपछि अन्तर्राष्ट्रिय समुदायले वार्ताको माध्यमबाट समस्याको समाधान खोज्न अपील गरे पनि दुबै पक्ष पछि हटेका छैनन् ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्न्टोनिओ गुट्रेसले हिंसा जारी रहेमा मध्यपूर्व क्षेत्र नै गहिरो समस्यामा जाने चेतावनी दिएका छन् । उनले हिंसा तत्काल अत्या गर्न अपील गरेका छन् ।

एकहप्ताको अवधिमा गाजामा ५५ बालबालिका र ३३ महिलासहित कुल १८८ जनाको ज्यान गइसकेको अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)