मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

ओलम्पिक तयारी


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 903
    SHARES

काठमाडौ्, ५ जेठ
वाइल्ड कार्डबाट टोकियो ओलम्पिक २०२१ मा सहभागिता जनाउने लक्ष्यका साथ अहिले नेपाली कराँते खेलाडी ललितपुरस्थित सातदोबाटोको कर्भडहलमा व्यस्त छन् । अनु अधिकारी र नविन रसाइलीले स्वास्थ मापदण्ड पूरा गरेर दैनिक अभ्यासमा जुटिरहँदा उनीहरुको लक्ष्य ओलम्पिक सहभागिता रहेको छ ।

कोरोनाको दोस्रो लहर काठमाण्डौं उपत्यकामा उच्च गतिमा फैलिरहेको छ । तर पनि टोकियो ओलम्पिक तयारी गरिरहेका कराँते खेलाडीले स्वास्थ मापदण्ड पूर्ण रुपमा पालना गर्दै तयारीलाई तीब्रता दिइरहेका छन् । अनु अधिकारी र नविन रसाईली वाइल्ड कार्डमार्फत सहभागिता जनाउने लक्ष्यका साथ कठोर मेहनत गरिरहेका छन् ।

खेलाडीलाई अभ्यास दिइरहेका कराँतेका प्रशिक्षक दीपक श्रेष्ठले महामारीका बीच पनि तयारी गरिरहेको बताए ।

वाइल्ड कार्डबाट ढोका खोल्ने लक्ष्य राखेका खेलाडीले २०२१ मा जापानमा हुने ओलम्पिकका लागि अभ्यासलाई निरन्तरता दिइरहेका हुन । नेपाली कराँतेले इतिहास रचेको सबैमा सर्वविदितै छ । टोकियो ओलम्पिक कोरोनाकै कारण एक वर्षका लागि धकेलिए पनि तयारी गरिरहेका खेलाडीमा महामारीले अन्योल छाएको छ । नेपाली खेलाडीमा पनि त्यसको असर देखियो अनि अभ्यास केही समय स्थगित पनि भयो । तर सरकारले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने खेललाई पूर्ण रुपमा स्वास्थमापदण्ड पालना गदै अभ्यासको अनुमति सँगै नेपाली खेलाडी पनि अभ्यासमा व्यस्त भएका हुन् । तयारीमा रहेका खेलाडीलाई पारिवारिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर अभ्यासलाई निरन्तरता दिन निर्देशन दिएको प्रशिक्षक श्रेठले बताए ।

टोकियो ओलम्पिक आयोजना हुने नहुने अझै अनिश्चित छ । विभिन्न स्तरमा प्रतियोगिता रोकिने चर्चा चलिरहेका छन् भने आयोजकले स्वास्थ मापदण्डलाई कठोर रुपमा पालना गर्दै प्रतियोगिता सम्पन्न गर्ने जनाइरहेको छ । अन्योलबीच खेलाडीको मनोबललाई उच्च राख्नका लागि अभ्यासलाई निरन्तरता दिइरहेको बताउँछन् प्रशिक्षक श्रेष्ठ ।

ओलम्पिकका लागि नेपालबाट वाइल्ड कार्डका लागि तयारीमा रहेका १२ खेलाडी मध्ये करातेका अनु अधिकारी र नविन रसाइलीले अभ्यास गरिरहँदा अन्यको अभ्यास भने चुस्त हुन सकेको छैन । १२ खेलाडी वाइल्ड कार्डको पर्खाइमा रहँदा नेपालका अन्य तीन खेलाडी भने युनिभर्सल कोटामा छनोट भइसकेका छन् । स्विमिङबाट गौरिका सिंह र एलेक्स शाह तथा एथ्लेटिक्सबाट गोपी चन्द्र पार्कीको सहभागिता निश्चित भइसकेको छ । अन्य खेलाडीको हकमा भने अझै अनिश्चित छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)