मङ्लबार, साउन १९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ६, २०७८
  • 976
    SHARES

काठमाडौं, ६ जेठ
इराकसँगको मैत्रिपूर्ण खेलमा राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण शुरु भएको छ ।

सिम सिम पानीमा राष्ट्रिय टोलीले बिहीबार दशरथ रंगशालामा अभ्यास गरिरहेको टोली आगामी मंगलबार चार्टर फ्लाईटबाट इराक जाँदै छ ।
नेपाली फुटबल टोली मैत्रीपूर्ण खेल खेल्न आगामी मंगलबार इराक जाने भएको हो । उतैबाट विश्वकप छनोट अन्तर्गत बाँकी रहेका तीन खेल खेल्न नेपाल इराकबाटै तटस्थ स्थल कुवेत प्रस्थान गर्नेछ । त्यसका लागि नेपाली फुटबल टोलीमा धेरै परिवर्ततन हुँदा टोलीमा नयाँ अनुहारको इन्ट्री भएको छ भने केही पाका खेलाडीले आरम पाएका छन् । दीर्घकालिन सोच राखेर टोलीको संयोजन गरेको मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बताए ।

तालिका अनुसार नेपालले यही जेठ १५ गते इराकसँग मैत्रीपूर्ण खेल खेल्ने छ । इराकसँगको खेल पछि नेपाली टोली फिफा विश्वकप छनोट प्रतियोगिता खेल्न कुवेत जाने छ । इराकसँग नै खेलेको टोली उतैबाट छनोट खेल्न जाने तालिका छ । मैत्रीपूर्ण खेल, विश्वकप छनोट र एसियन कप छनोटका लागि राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मङ्गलवार २३ खेलाडीको घोषणा गरेसँगै धेरै प्रतिक्रिया आएको भन्दै प्रशिक्षक अलमुताइरीले बिहीबारको पत्रकार सम्मेलनमा खण्डन गरे ।

पहिलो अन्तर्राष्ट्रिय खेल खेलाउन लागेका प्रशिक्षक अलमुताइरीले नेपालको लक्ष्य साफ च्याम्पियन सिप र एएफसी कप भएको भन्दै युवा खेलाडीलाई विशेष प्राथमिकता दिएको पत्रकार सम्मेलनमा जानकारी दिए । नयाँ र पुराना खेलाडीको संयोजन गरे भन्दै उनले पत्रकार सम्मेलनमा आएका प्रतिक्रियाको खण्डन गरेका हुन् ।

कुवेतमा हुने छनोटको बाँकी खेल अन्तर्गत नेपालले जेठ २० गते चाइनिज ताइपे, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने तालिका छ । उक्त छनोट खेल खेले पछि टोली जेठ २९ फर्किने तालिका रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)