आइतवार, बैशाख ३०, २०८१

क्यारेबियन प्रिमियर लिग

सन्दीप लामिछानेले सन् २०२१ को सिपिएल ट्रिन्बागो नाइट राइडर्सबाट खेल्ने


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ ११, २०७८
  • 884
    SHARES
काठमाडौँ, ११ जेठ 

नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले सन् २०२१ को क्यारेबियन प्रिमियर लिग (सिपिएल) ट्रिन्बागो नाइट राइडर्सबाट खेल्नुहुने भएको छ ।राइडर्सले उहाँलाई ड्राफ्टमार्फत टोलीमा समावेश गरेको हो । लामिछानेले लगातार चौथो पटक सिपिएल खेल्ने अवसर प्राप्त गर्नुभएको हो । सन् २०१८ मा उहाँ पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्समा पाँच हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो ।

लामिछानेलाई सन् २०१९ मा दोस्रो पटक बार्बाडोस ट्रिडेन्टसले ७० हजार डलरमा तथा सन् २०२० मा जमैका तल्लावाहजमा ९० हजार अमेरिकी डलरमा अनुबन्धित हुनुभएको थियो । यस पटक लामिछानेको अनुबन्धित रकम खुलाइएको छैन ।

लामिछाने सम्मिलित हुने नाइट राइडर्सका कप्तानमा केइरन पोलार्ड तथा अन्य खेलाडीमा सुनिल नराइन, दिनेश रामदिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा, अखिल हुसेन, ख्यारी पिएरेलगायत रहनुभएको छ ।

गत वर्षको सिपिएलमा लामिछानेले जमैकाका लागि ११ खेलमा १२ विकेट लिनुभएको थियो । हालसम्म खेलेको सिपिएलका तीन वटै संस्करणमा उहाँले ३३ विकेट लिइसक्नुभएको छ । सन् २०२१ को सिपिएल आगामी अगष्ट २८ देखि सेप्टेम्बर १९ सम्म सञ्चालन हुने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }