आइतवार, जेष्ठ ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

मौसम खराबीले सगरमाथा आरोहणमा समस्या


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १३, २०७८
  • 244
    SHARES

काठमाडौं ,१३ जेठ

मौसममा एक्कासि खराबी आएपछि सर्वोच्च शिखर सगरमाथाको आरोहणमा गएकाहरू समस्यामा परेका छन् । आरोहणका लागि अन्तिम ठाउँमा पुगिसकेका र बेस क्याममा पुगेका आरोहीहरू मौसममा खराबी आएपछि त्रासमा छन् ।

गृह मन्त्रालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर पर्वतारोहणमा गएकाहरूलाई तत्कालै फिर्ता गराउन सम्बन्धित निकायहरूलाई निर्देशनसमेत जारी गरिसकेको छ ।

मौसम खराबी भएपछि केही दिनमा खुल्ने आशमा केही आरोहीहरू छन् भने केही फर्कन चाहिरहेका छन् । तर, मौसम खराबीका कारण हेलिकप्टरहरूसमेत सो क्षेत्रमा जान सकिरहेको छैन ।

नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले अहिलेसम्म आरोहीहरू सुरक्षित रहेको र फर्कने वा केही दिन पर्खेर आरोहण गर्ने भन्ने विषयमा छलफल भइरहेको बताउनु भयो ।

अनुमति लिएकामध्ये ७० प्रतिशतले आरोहण गरेर फर्किसकेको र ३० प्रतिशत आरोहीहरू पुस क्लाइमिङभन्दा माथि बसिरहेका छन् । यो वर्ष सगरमाथा आरोहणका लागि ४ सय ८ जनाले अनुमति लिएका थिए ।

१५, १८,२० र २१ तारिखमा मौसम सफा रहेको थियो । बीचमा फेरि मौसम खराब भएको  २८ र २९ मा मौसम सफा हुने आँकलन गरेर अहिले क्याम २ र क्याम ३ सँगै बेस क्याममा केही आरोहीहरू बसिरहेका छन् ।

भारतमा आएको सामुन्द्रीक आँधिको कारण नेपालमा पनि प्रभावित भएकाले केही समस्या आएको छ । २८ र २९ मा मौसम सफा हुन्छ भन्ने आएकाले क्याम ३ मा पुगिसकेका आरोहीहरूले भने राति गएर क्याम ४ मा बस्ने र सिधै आरोहण गर्ने योजना बनाइरहेको महासचिव गुरुङले बताउनु भयो ।

धेरै साथीहरूले आरोहण गरिसकेको हुनाले पनि क्याम २ र क्याम ३ मा पुगेका आरोहरूलाई थप मानसिक दबाब परेको उहाँको भनाइ छ । तर, मौसममा आएको खराबी र गृहले गरेको परिपत्र पछि भने अब आरोहीहरूलाई फर्काउने वा केही दिन पर्खाउने भन्ने विषयमा अहिले बेस क्याममा विभागका अधिकारीहरूबीच छलफल भइरहेको बताउनु भयो । आरोहणभन्दा सुरक्षा नै ठूलो भएकाले जबर्जस्ती नगर्ने पक्षमा आफूहरू रहेको उहाँको भनाइ छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रसिंह तामाङले आरोहीहरूलाई ५ दिन अघिनै सुरक्षित स्थानमा बस्नका लागि जानकारी गराइसकेको बताउनु भयो । भारतमा आएको चक्रवातको कारण केही दिन समस्या आएको बताउँदै मौसम सफा भए आरोहण गर्ने र नभए फर्काउने तयारीमा आफूहरू रहेको उहाँको भनाइ छ । अहिले सबै आरोहीहरू सुरक्षित स्थानमा बसिरहेको समेत उहाँले बताउनु भयो।

मौसममा खराबी आएसँगै केही दिन अघिबाटै हेलिकप्टरहरू लुक्लामा लगिसकिएको छ । आरोहीहरूलाई नै लिनका लागि लुक्लामा पुगेका हेलिकप्टरहरू पनि मौसम खराबीको कारण बेस क्यामतर्फ जान नसकेको अल्टिच्युड एयरका मार्केटिङ प्रमुख सीताराम सापकोटाको भनाइ छ । अहिले लुक्लामा ९ वटा हेलिकप्टरहरू पुगिसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }