बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र इराकबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदै


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ १५, २०७८
  • 609
    SHARES

१५ जेठ, काठमाडौं । नेपालले आज फिफा वरियतामा माथिल्लो स्तरमा रहेको इराक विरुद्ध मैत्रिपूर्ण खेल खेल्दैछ ।

इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा नेपालले घरेलु टिमसँग खेल्नेछ । ने

पाल र इराक बीचको खेल नेपाली समय अनुसार आज राति सभा १० बजे सुरु हुनेछ ।

सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफु भन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

फिफा वरियतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । फिफाले सार्वजनिक गरेको वरियतामा इराक ६८ औं स्थानमा रहेको छ । नेपाल १ सय ७१ औं स्थानमा छ ।

यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)