बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १६, २०७८
  • 497
    SHARES

काठमाडौं, १६ जेठ

इराकको बसरामा शनिबार राति भएको मैत्रिपूर्ण खेलमा नेपाल इराकसँग ५–२ ले पराजित भएको छ ।

इराकको बसरास्थित अल फेहा अन्तराष्ट्रिय मैदानमा भएको मैत्रिपूर्ण खेलको छैटौं मिनेटमा इराकले अग्रता लिएको थियो । त्यसको एक मिनेटमै इराकी खेलाडी हमद इब्राहिम खलाफको आत्मघाती गोलमा नेपालले बराबरी गरेको थियो । २८ औं मिनेटमा मनीष डाँगीको गोलले नेपाल २–१ को स्थितिमा पुग्यो ।

नेपाललाई दुई गोलमै रोक्दै इराकले लगातार तीन गोल थप्यो । र, पहिलो हाफ अगाडि ४–२ बनायो ।

दोस्रो हाफमा नेपाल गोलको अवसरबाट चुक्दा इराकले अरु दुई गोल थपेर ६–२ मा खेल टुंग्यायो ।

नेपालले फिफा वरीयतामा माथिल्लो स्तरमा रहेको इराकविरुद्ध मैत्रिपूर्ण खेल खेलेको हो । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोट अन्तर्गत बाँकी खेलको तयारीका लागि नेपालले आफूभन्दा उच्च वरीयताको टिम इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

फिफा वरीयतामा इराक नेपाल भन्दा १ सय ३ औं स्थान माथि रहेको छ । इराक ६८ औं स्थानमा छ भने नेपाल १ सय ७१ औं स्थानमा ।

नेपालको यही टोलीले विश्वकप छनोटका बाँकी ३ खेल पनि खेल्नेछ । अब नेपालले जुन ३ मा ताइपे, जुन ७ मा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली कुवेत जानेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)