शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पाँच एयरलाइन्सलाई सातामा १० वटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ १८, २०७८
  • 497
    SHARES

काठमाडौं ,१८ जेठ

निषेधाज्ञाकै बीचमा सरकारले पाँचवटा एयरलाइन्सलाई सातामा १० वटा अन्तर्राष्ट्रिय उडान गर्ने गरी अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले शनिबार र आइतबारबाहेक सातामा ५ दिन आउने र जाने गरी दुईटा अन्तर्राष्ट्रिय उडानका लागि अनुमति दिएको हो । प्राधिकरणले मंगलबार सूचना जारी गर्दै ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो ।

टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न अनुमति पाएका हुन् ।

तालिका अनुसार अब हरेक बिहीबार युरोप र अमेरिकाका यात्रुले टर्किस एयरलायन्सको उडानबाट ओहोरदोहार गर्न सक्ने भएका छन् । दिल्ली–काठमाडौं उडानलाई बुधबार र शुक्रबार निरन्तरता दिइएको छ ।

दोहा हुँदै मध्यपूर्वी मुलुकलगायत अन्य मुलुकहरुमा जानका लागि सोमबार बिहान कतारले र राति नेपाल वायुसेवा निगमले काठमाडौंबाट उडान भर्नेछन् । नेपालबाट सोमबार राति दोहा जाने निगमको विमान मंगलबार काठमाडौं फर्किने भएको छ ।

अहिलेलाई ती ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान जेठ १८ देखि असार १६ सम्म खुला गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक: प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)