आइतवार, बैशाख ३०, २०८१

कुवेतमा नेपाली फुटबल टोलीको अभ्यास


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ १९, २०७८
  • 776
    SHARES

काठमाडौं , १९ जेठ
कतार विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट चरण अन्तर्गत भोली नेपालले पहिलो खेलमा चाइनिज ताइपेइको सामना प्रतिस्पर्धा गर्दै छ । पहिलो लेगमा रोमाञ्चक जित निकालेको नेपालले भोली पनि जित निकाल्दै अघिल्लो चरणको सम्भावनालाई जिवित राख्न चाहन्छ ।

विश्वकप छनोट अन्तर्गत समूह बी मा ४ अवे र १ होम गेम गरि नेपालले हाल सम्म एक खेलमा मात्र जित निकाल्दै तालिकामा तीन अंक बनाएको छ । कुवेतस्थित जबर अल अहमद अन्तराष्ट्रिय रंगशाला चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा नेपाल सोही नतिजालाई निरन्तरता दिदै कम्तीमा समूहको चौथो स्थानमा रहेर एसिया कप २०२३ को छनोट सम्भावनालाई जिवन्त राख्न चाहन्छ ।

तर कुवेतको उच्च तापक्रममा खेल्न नेपाल र चाइनिज ताइपेई दुवै टोलीका लागि कठिन हुने अनुमान गरिएको छ । सोही विषयलाई पनि प्रमुख प्रशिक्षक अबदुल्लाह अल्मुताइरीले खेल अघि बताएका छन् । यस अघि नेपालले विश्वकप छनोट र एसिया कप छनोटको तयारी भन्दै नेपालले शनिबार इराकविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो । कुवेतको अत्याधिक गर्मी मौसमसँग अभ्यस्त हुनकै लागि नेपालले इराक भ्रमण गरेको थियो । पराजित भए पनि नेपालले बलियो टोलीसँग गरेको प्रदर्शनमा सन्तुष्टि बटुल्दै पैदलमार्गबाट कुवेत प्रस्थान गरेको थियो ।

नेपाल भोली चाइनिज ताइपेईविरुद्ध मैदान उत्रदा उच्च मनोबलका साथ मैदान उत्रने छ । चाइनिज ताइपेइ पनि अघिल्लो खेलमा भोगेको हार विर्सन लक्ष्यका साथ नेपाल विरुद्ध मैदान उत्रिनेछ । चाइनिज ताइपेईका प्रशिक्षक भोम का हुमले कुवेतको मौसममा खेल्न निकै कठिन हुने र कोभिड १९ संक्रमित भएपछि टोली केही महत्वपूर्ण खेलाडीबिनै कुवेत भ्रमणमा निस्किएको बताएका छन् । सोही कारण पनि नेपालको मनोबल उच्च रहनेछ ।

छनोट चरणको पहिलो खेलमा जोर्डनलाई ७–० को नतिजा सुम्पिएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो । तेस्रो खेलमा भने नेपाल अस्ट्रेलियासँग ५–० ले र चौथो खेलमा जोर्डनसँग ३–० ले पराजित भएको थियो । होम गेमको रुपमा पहिलो खेल खेल्दा न्युट्रल भेन्युको रुमपा रहेको भुटानमा कुवेतसँग १–० ले पराजित भएको थियो ।

फिफा वरियताको १ सय ४१ औ स्थानमा रहेको चाइनिज ताइपेई र १ सय ७१ औ स्थानमा रहेको नेपाल अहिले सम्म दुई पटक आमने सामने भएका छन् । पहिलो खेल सन् २०१९ जुन ६ मा दरशथ रंगशालामा भएको थियो । मैत्रीपूर्ण उत्तः खेलमा १–० ले पछि परेका अवस्था उल्ट्यादै नेपालले १–१ को बराबरी खेलेको थियो । दोस्रो पटक सन् २०१९ सेप्टेम्बर १० मा चाइनिज ताइपेईको मैदानमा विश्वकप छनोटमा भिडेका थिए । जाहा नेपालले २–० ले खेल आफ्नो पक्षमा पार्न सफल भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }