२४ जेठ, काठमाडौं । प्रदेश १ संसद्को आठौं तथा बर्खे अधिवेशन आज (सोमबार) सुरु हुँदैछ । सोमबार दिनको दुई बजे सुरु हुने यो अधिवेशनमा प्रदेशको नीति कार्यक्रम र बजेट पेश हुनेछ ।
प्रदेशमा असार १ मा बजेट ल्याउने चलन छ । त्यसको १५ दिन अगावै प्रि–बजेट छलफल सक्नुपर्ने कानुनी प्रबन्ध छ । तर, यसपटक सरकारले प्रि–बजेट छलफल छोटो अवधिमै पाँच दिनमा सक्ने गरी अध्यादेश ल्याएको छ। प्रदेश आर्थिक कार्यविधि ऐन २०७४ मा उल्लेखित १५ दिन अगावै प्रि–बजेट छलफल गरिसक्नुपर्ने व्यवस्थालाई संसोधन गरी पाँच दिनमा सिमित गरिएको छ। जसका कारण प्रि–बजेटमाथिको छलफलको समय छोटिएको छ ।
