आइतवार, बैशाख ३०, २०८१

डी ब्रुयनाले दोश्रो वर्ष पनि पाए पीएफए वर्ष खेलाडीको उपाधि


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ २४, २०७८
  • 469
    SHARES

२४ जेठ, काठमाडौं । प्रोफेसनल फुटबलर्स एसोसिएसनद्वारा म्यानचेस्टर सिटीका मिडफिल्डर केभिन डी ब्रुयना लगातार दोस्रो सिजन वर्षको उत्कृष्ट पुरुष खेलाडी चुनिएका छन् । सिटीकै फिल फोडेन उत्कृष्ट युवा खेलाडी बने । सिटीलाई चार वर्षमा तेस्रो प्रिमियर लिगको उपाधि र काराबाओ कप दिलाउन दुवै खेलाडीको महत्त्वपूर्ण भूमिका रहेको थियो ।

२९ वर्षीय डी ब्रुयना उत्कृष्ट पुरुष खेलाडी लगातार दुई वर्ष जित्ने क्रिस्टियानो रोनाल्डोपछि दोस्रो खेलाडी हुन् । ‘तपाईं टीमको रुपमा सबै उपाधि जित्न चाहनुहुन्छ, व्यक्तिगत रुपमा यो सबैभन्दा महत्त्वपूर्ण उपाधि हो,’ उनले भने, ‘तपाईंको प्रतिद्वन्द्वीहरुले तपाईंलाई चुन्नुले धेरै कुरा बयान गर्दछ ।’

बेल्जियमका खेलाडीले प्रिमियर लिगमा ६ गोल गर्नुका साथै १२ वटा गोलको अवसर सिर्जना गरेका थिए । गत २९ मेमा चेल्सीविरुद्ध च्याम्पियन्स लिगको फाइनलमा डी ब्रुयनाको आँखा र नाकमा चोट लागेको थियो । उनले सर्जरी गरेपछि सोमबार बेल्जियमको युरो कप टोलीसँग समावेश हुनेछन् ।

यता, २१ वर्षीय फोडेनले गत सिजन सिटीका लागि ५० खेल खेल्दै १६ गोल गरे । उनी इङ्ल्याण्डको युरो कप टोलीमा समावेश छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }