बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जोर्डनसँग नेपाल ३-० ले पराजित


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 901
    SHARES

काठमाडौं ,२५ जेठ

जोर्डनसँग नेपाल ३–० गोल अन्तरले पराजित भएको छ । विश्वकप तथा एसियन कप फुटबलको संयुक्त छनोट अन्तर्गत कुवेत सिटीमा सोमबार राती भएको खेलमा नेपाल ३–० को फराकिलो गोल अन्तरले जोर्डनसंग पराजित भएको हो । जोर्डनले जितको लागि मध्यान्तर अघि एक र मध्यान्तरपछि दुई गोल गरेको थियो ।

जोर्डनका लागि बाहा फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गरि दुई गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे ।

समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ । नेपालले अब जेठ २८ गते छनोटको अन्तिम खेल अष्ट्रेलियासंग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)