शनिबार, जेष्ठ ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

असार १ गतेबाट आन्तरिक उडान खोलौं : बायुसेवा संञ्चालक संघ


  • माउन्टेन खबर
  • मङ्लबार, जेष्ठ २५, २०७८
  • 1.2K
    SHARES

काठमाडौं , २५ जेठ

वायुसेवा सञ्चालक संघले नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशंकर अरगरियालाई असार १ गतेबाट आन्तरिक उडान खोल्ने प्रस्ताव गरेको छ।

मंगलबार संघले पत्रमार्फत ४० दिनभन्दा बढीदेखि हवाई उडान ठप्प हुँदा १०औं लाख कर्मचारी बेरोजगार भएको र उनीहरूमा आश्रित परिवारसमेत समस्यामा परेको भन्दै १ गतेबाट उडान सुचारु गर्न अनुरोध गरेको हो ।

संघका प्रथम उपाध्यक्ष अनोज रिमालले हालसम्म हवाई उडानमा यात्रा गरेका यात्रुहरूमा कोरोना भाइरस(कोभिड–१९)को संक्रमण नदिएको दाबी गर्दै सरकारले बनाएको प्रोटोकलअनुसार सेवा सञ्चालन गर्ने अनुमति दिनका लागि अनुरोध गर्नु भएको छ ।

कोभिडविरुद्ध तालिम प्राप्त जनशक्ति तथा हरेक उडानपूर्व जहाजको संक्रमणरहित सरसफाइ, मास्क तथा फेसशिल्डको अनिवार्य प्रयोगले पहिलो र दोस्रो चरणको कोभिडको संक्रमणको बेलामा पनि हवाई यात्रुहरू सुरक्षित रहेको संघको दाबी छ ।

अन्तर्राष्ट्रिय अनुसन्धानले पनि हवाई यात्रा सबैभन्दा सुरक्षित तथा संक्रमणरहित देखाएको र लकडाउन(बन्दाबन्दी)को समयमा संसारका कुनै पनि देशमा आन्तरिक उडान नरोकिएको व्यहोरासमेत मन्त्री अरगरियालाई अवगत गराएको छ ।

योसँगै पहिलो निषेधाज्ञा अवधिभरका लागि सरकारबाट प्राप्त सुविधाअनुसार यस दोस्रो लहरको निषेधाज्ञा अवधिभर ल्याण्डिङ पार्किङ तथा अन्य शुल्कहरूमा ७५ प्रतिशत छुट मिनाहका लागि समेत संघले पर्यटन मन्त्रीलाई अनुरोध गरेको छ ।

यस्तै नेपाल आयल निगमले अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा २० प्रतिशत छुट दिएको प्रति धन्यवाद दिँदै आन्तरिकतर्फ पनि न्यूनतम नाफा राखेर मूल्य घटाउन अनुरोध गरिएको छ । यसले  बायुसेवा सञ्चालकहरुको  सञ्चालन खर्च घट्ने र सर्वसाधारणले सुलभ दरमा हवाई यात्रा गर्न पाउने संघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }