बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

फ्रेन्च ओपन :

ग्रीसका चिचिपास फाइनलमा प्रवेश


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २९, २०७८
  • 579
    SHARES

तस्वीरः एपी

यस वर्षको फ्रेन्च ओपन टेनिसको पुरुष एकल तर्फ ग्रीसका विश्व नं. ५ का स्टिफानोस चिचिपास फाइनलमा प्रवेश गरेका छन् ।

उनले शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा जर्मनीका छैटौं वरियताका अलेक्जान्डर झेरेभलाई संघर्षपूर्ण खेलमा ६–३, ६–३ , ४–६, ४–६ तथा ६–३ अर्थात् ३–२ सेटले पराजित गरे । पहिलो २ सेट लगातार जितेका चिचिपासले खेल सहजै जित्ने अनुमान गरिए पनि तेस्रो र चौथो सेट जितेका झेरेभले कडा चुनौती दिएका थिए ।

तर फाइनल सेटमा झेरेभले अघिल्ला दुई सेटको लय समाउन सकेनन् र ६–३ ले पराजित भए ।

सन् २०२० को फ्रेन्च ओपनको सेमिफाइनलमा उनी नोभाक जोकोभिचसँग पराजित भएका थिए ।

शुक्रबार राति नै विश्व नं. १ नोभाक जोकोभिच र राफेल नाडालबीच सेमिफाइनल प्रतिस्पर्धा हुँदैछ । नाडालले लगातार सन् २०१७, २०१८, २०१९, २०२० मा फ्रेन्च ओपन जितेर इतिहास बनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)