एजेन्सी
इंग्ल्यान्ड न्युजिल्यान्डविरुद्धको दोस्रो तथा निर्णायक टेस्टमा शनिबार निश्चित ठूलो अन्तरको हारको संघारमा पुगेको छ । टेस्टको तेस्रो दिनको खेल समाप्त हुँदा इंग्ल्यान्डले नौ विकेट गुमाएर १ सय १२ रन मात्र बनाएको छ ।
खराब ब्याटिङको नमुना पेस गरेको इंग्ल्यान्ड न्युजिल्यान्डमाथि खाली ३७ रनले मात्र अगाडि छ । उसको एक विकेट मात्र बाँकी छ । यस्तोमा इंग्ल्यान्ड यो टेस्टमा पराजित भएर सिरिज नै गुमाउने स्थितिमा पुगेको हो ।
न्युजिल्यान्डका सबै बलरले प्रभावशाली प्रदर्शन गर्दै इंग्ल्यान्डका ब्याट्सम्यानलाई दबाबमा राखे । किवी बलरमध्ये म्याट हेनरी र नेल वेगनरले तीनतीन विकेट लिएका छन् । यस्तै एजाज पटेलले दुई विकेट हात पारे ।
