शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

यो गठबन्धन लामो समय टिक्दैन: पृथ्वीसुब्बा गुरुङ


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 594
    SHARES

३० जेठ, काठमाडौं । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुर्सी प्राप्तीका लागि बनेको गठधबन्धन लामो समय सम्म टिक्क नसक्ने बताउनु भएको छ । आईतबार बिहान पत्रकार सम्मेलन गर्दे निवर्तमान मुख्यमन्त्री गुरुङ्गले बिपक्षीमा रहदा एक भएका दलहरु सत्तामा पुगेपछि फेरी छुट्टिनु नौलो नभएका कारण गठबन्धन लामो समय सम्म नजाने अनुमान गर्नुभयो ।

उहाँले भन्नुभयो प्रदेश सरकार पुरा कार्यकाल चल्नु पर्थो त्यो भएन तर प्रदेशसभाले पुरा कार्यकाल संञ्चालन हुनु पर्छ भनेर आफूले सबैधानिक रुपमा मार्गप्रसस्त गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो सरकार परिबर्ततन हुन सक्छ तर प्रदेशसभा पुरा कार्यकाल चल्न पाउनु पर्छ । यसले नै संघीयताको कार्यन्वयनको पुष्टि हुन्छ ।

पार्टी भित्रको अन्तरकलहका कारण आफूसरकार बाट बाहिरिन परेको भन्दै गुरुङ्गले भन्नुभयो आफनो दलको प्रधानमन्त्रीलाई हटाएर बिपक्षीदलका नेतालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्ने हरु ने समस्याको जड हुन् । केपी ओलीका पनि केही कमजोरी होलान् तर उहाँलाई सरकार बनेदेखी नै घेराबन्दी गर्ने अरु नेताहरु पानी माथीको ओभानो हुन् त ? उहाँले प्रश्न गर्नुभयो ।

राजनीतिक रुपमा ईगोको समस्या छ ओली मात्र होईन सबै नेता सच्चिनु पर्छ नेता गुरुङ्गले भन्नुभयो । दिपक मनाङ्गको भूमिकाका बारेमा संञ्चारकमीहरुले राखेको जिज्ञासाम नेता गुरुङ्गले भन्नुभयो रत्नकार डाकु बाल्मीकी बने । सुध्रन खोज्नेलाई अबसर दिनु पर्छ भनेर सहयोग गरेको हो तर सबै डाकुहरु बाल्मीकी हुदो रहेनछ, धतुरोको रोपेपछि अमृत फल्दैन उहाँ को अबस्था त्यही हो । प्रमुख प्रतिपक्षदलका नेता समेत रहनु भएका गुरुङ्गले नयाँ मुख्यमन्त्रीलाई शुभकामना दिदै संघीयताको मर्म अनुसार काम गर्न सुझाब दिनुभयो । उहाँले भन्नुभयो रचनात्मक प्रतिपक्षका रुपमा सधै सहयोग रहन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)