शुक्रबार, भदौ २६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह कास्की कांग्रेसको आग्रह


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ ३०, २०७८
  • 1.2K
    SHARES

गण्डकी, ३० जेठ
नेपाली कांग्रेस कास्कीले गण्डकी प्रदेश सरकारको आगामी बजेटमा खोपलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीको नेतृत्वमा गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई बधाइ तथा शुभकामना दिन पुगेको प्रतिनिधिमण्डलले कोरोना महामारीका कारण जनता समस्यामा परेको भन्दै खोपलाई प्राथमिकतामा राख्न आग्रह गरेको हो ।

भेटघाटमा पार्टीका पदाधिकारी तथा क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको नेपाली कांग्रेस कास्कीका प्रवक्ता नवीन सिग्देलले जानकारी दिनुभयो । प्रतिनिधिमण्डलले कोरोनाबाट प्रभावित व्यवसायी, शिक्षक, मजुदरलगायत क्षेत्रलाई राहत हुने गरी कार्यक्रम ल्याउन आग्रह गरेको छ । कोरोनाका कारण समस्यामा परेका नागरिकको हितलाई दृष्टिगत गर्दै सरकार अघि बढ्नुपर्नेमा उनीहरूको जोड छ । मुख्यमन्त्री पोखरेलले प्राप्त सुझावलाई आत्मसात गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)