बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

युरो कप

फ्रान्स र जर्मनीबीच महाभिडन्त


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 514
    SHARES

एजेन्सी । युरोपियन च्याम्पियनशीप (युरोकप २०२०) अन्तर्गत आज समूह एफमा दुई खेल हुँदैछ ।

विश्व विजेता तथा युरोकपको साविक उपविजेता फ्रान्सले यस युरो कपको प्रमुख दाबेदार मानिएको जर्मनीसँग प्रतिस्पर्धा गर्दैछ । यस्तै साविक विजेता पोर्चुगल र हंगेरीबीचको खेल पनि आजै हुँदैछ ।

युरोकपको ड्र सार्वजनिक भएसँगै समूह एफलाई ‘ग्रुप अफ डेथ’ भनिएको थियो । जहाँ युरोकपको साविक विजेतासहित तीन पूर्व विजेता (जर्मनी, फ्रान्स र पोर्चुगल) छन् ।

यो समूहको तीनै टिमलाई उपाधिको प्रमुख दाबेदारको रुपमा हेरिएको छ ।

यस समूहमा जर्मनी र हंगेरी आयोजकको रुपमा छ । जर्मनीले घरेलु मैदानमा समूहको तीनवटै खेल खेल्ने अवसर पाउनेछ । यस्तै हंगेरीले दुई खेल घरेलु मैदानमा खेल्नेछ ।

फ्रान्स र  जर्मनीबीचको खेल राति नेपाली समयअनसार १२ः४५ बजे सुरु हुनेछ । खेल जर्मनीको घरेलु मैदान म्युनिखको एलियान्ज एरेनामा हुनेछ ।

दुवै टोली पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छन् । किनभने यो ग्रुपका जुनसुकै टिमलाई अर्को चरणमा जानका लागि जित निकाल्नुपर्ने बाध्यता छ । जर्मनीलाई घरेलु मैदानको साथ हुनेछ ।

फ्रान्स र जर्मनी युरोकपमा अहिलेसम्म जम्मा १ पटक आमनेसामने भएका छन् । २०१६ को सेमिफाइनलमा फ्रान्सले जर्मनीलाई पराजित गरेको थियो ।

२०१४ को विश्वकप क्वाटरफाइनलमा पराजित भएयता फ्रान्सले जर्मनीविरुद्ध पछिल्लो ५ खेलमा पराजय ब्यहोरेको छैन ।
समूह एफ
हँगेरी भर्सेस पोर्चुगल ९ः४५ बजे (पुस्कास एरेना स्टेडियम, हँगेरी)

समूह एफ
जर्मनी भर्सेस फ्रान्स १२ः४५ बजे ( एलियान्ज एरेना)

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)